एनएमबि बैंकका ग्राहकलाई बुटवलस्थित हरियो तरकारी प्रालीमा छुट

एनएमबि बैंकका ग्राहकलाई बुटवलस्थित हरियो तरकारी प्रालीमा छुट

बैंक खबर । एनएमबि बैंक र बुटवल मिलनचोक तिनकुने स्थित हरियो तरकारी प्रालिबीच सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले हरियो तरकारी प्रालीबाट तरकारी खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्र बैंकको तर्फबाट सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र हरियो तरकारी प्रालिका प्रवन्ध निर्देशक लक्ष्मण शर्माले आदानप्रदान गरेका छन् । 

यो सम्झौता एक वर्षका लागि भएको बैंकले जनाएको छ । यद्यपी दुई पक्षको सहमतिमा समय बढाउन सकिने उल्लेख छ । सम्झौताअनुसार एनएमबि बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । 

हरियो तरकारी प्रालिमा सम्झौता अनुसारको छुट पाउन एनएमबि बैंकको खाताबाट भुक्तानी गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्ने हरियो तरकारी प्रालीका प्रबन्ध निर्देशक लक्ष्मण शर्माले जानकारी दिए । 

All financial information at your fingertips.


शेयर गर्नुहोस