सन नेपाल लाइफको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

सन नेपाल लाइफको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

इन्स्योरेन्स सञ्चालक समिति बैठकले बोनस सेयर वितरण गरेपछि कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । लाभांश वितरण र हकप्रद निष्काशन गर्ने प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस