आईएमई लाइफको आईपीओ बिक्री खुल्यो, कति दिने आवेदन ? बैंकको खबर १२ महिना पहिले बीमा खबर । आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गते (आज)देखि आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसामा बिक्री गर्नेगरी सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब २० करोड रुपैयाँको १ करोड २० लाख कित्ता शेयर सार्वजनिक निष्काशन गरेको हो । यसमध्ये १२ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ । यस्तै, निष्काशित शेयरको पाँच प्रतिशत (६ लाख कित्ता) शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत (६ लाख कित्ता) शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्तामा बिक्री गर्न लागेको हो । आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकनेछन् । आवेदन असार २५ गतेसम्म दिइसक्नुपर्छ । सो अवधिभित्र माग भएजति आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आईपीओमा आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर एप्लिकेसनबाट आवेदन दिन सक्नेछन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो । इन्स्योरेन्सको आईपीओले क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालबाट केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग पाएको छ । जसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको देखाउँछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन १२ महिना पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो १२ महिना पहिले यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? १२ महिना पहिले