महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो १२ महिना पहिले बीमा खबर । महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार खुद नाफा ७ करोड १८ लाख रुपैयाँ छ । जबकी पोहोर पुसमा इन्स्योरेन्सले ५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । इन्स्योरेन्सको बिमा शुल्क आर्जन बढेपछि नाफा बढेको देखिएको छ । गतवर्ष पुसमा ६७ करोड ९१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकामा अहिले पुससम्म ७३ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्सको दिर्घकालिन लगानी तथा कर्जा ३ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ । बिमालेख धितोमा २६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । इन्स्योरेन्सको दाबी भुक्तानी यसपटक बढेको छ । गतवर्ष पुससम्म ७ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेकामा यसपटक १० करोड १७ लाख रुपैयाँ भुक्तानी दिएको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन १२ महिना पहिले यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? १२ महिना पहिले प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत १६ गते, लाभांश पारित गर्ने १२ महिना पहिले