यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? बैंकको खबर २ वर्ष पहिले बीमा खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनील प्रकाशित गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट १७ करोड ८४ लाख र जीवन व्यवसायबाट १ करोड ५ लाख खुद रुपैयाँ नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख र जीवन व्यवसायबाट ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस वर्षको पहिलो त्रैमासमा गतवर्षको सोही अवधिको तुलनामा कम्पनीको निर्जीवन व्यवसायबाट भएको नाफा बढेको छ भने जीवन व्यवसायबाट हुने नाफा घटेको छ । ११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा छ । यस्तै मूल्य आम्दानी अनुपात ८९.६६ गुणा, प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३४ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५७ रुपैयाँ ८७ पैसा रहेको छ । कम्पनीले गुणस्तरीय एवं प्रभावकारी सेवाका कारण जीवन तथा निर्जीवन बीमा कम्पनी, पुनर्बिमा दलाल र अन्तर्राष्ट्रिय पुनर्बीमकहरुको विश्वास हासिल गर्न कम्पनी सक्षम भएको बताएको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन २ वर्ष पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो २ वर्ष पहिले प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत १६ गते, लाभांश पारित गर्ने २ वर्ष पहिले