एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, साढे ८ प्रतिशत बोनस सेयर दिने बैंकको खबर १२ महिना पहिले बीमा खबर । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको फागुन ३० गते बिहान बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ०.४४७ प्रतिशत बराबरको १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भए पश्चात इन्स्योरेन्सको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर वितरण भएपछि इन्स्योरेन्सको चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख रुपैयाँ पुग्नेछ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन १२ महिना पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो १२ महिना पहिले यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? १२ महिना पहिले