प्रभु लाइफको लाभांश संशोधन बैंकको खबर १२ महिना पहिले बैमा खबर । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । इन्स्योरेन्सको जेठ ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरेको हो । इन्स्योरेन्सले अब शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यसअघि इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा प्राधिकरणले वैशाख २९ गते वित्तीय विवरण सशर्त स्वीकृत भएअनुसार, वित्तीय विवरण परिमार्जन गरी लाभांश संशोधन गरेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीमा वितरण हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन २ वर्ष पहिले महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो २ वर्ष पहिले यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ? २ वर्ष पहिले