नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
बीमा खबर । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
इन्स्योरेन्सले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको थियो । इन्स्योरेन्सले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ६७ हजार ५०० कित्ता कर्मचारी र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्काशन गरी बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
सेयर किन्न इच्छुक लगानीकर्ताले (आज) फागुन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो । आजसम्म माग भएजति आवेदन नपरेको भए निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिने थियो। तर अहिलेसम्म कम्पनीले मागेको भन्दा धेरै आवेदन परेको देखिन्छ । त्यसैले आजसम्म मात्रै सर्वसधारणले आईपीओ खरिदका लागि आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
All banking information at your fingertips.