ट्रष्ट माइक्रो इन्सुरेन्सको आइपीओ निष्कासनको जिम्मा एनआइएमबि एस क्यापिटललाई
२०८१ फागुन ५ गते सोमबार ।
बीमा खबर । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले आइपीओ जारी गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरमा २२ लाख ५० हजार कित्ता साधारण सेयर २२ करोड ५० लाख रुपैयाँमा बिक्री गर्न लागेको छ ।
सम्झौतापत्रमा ट्रष्ट माइक्रो इन्सुरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेका छन् ।
All banking information at your fingertips.