नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण


बीमा खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिएको छ । मंगलबार बुटवलको सिद्धार्थ कटेजमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । 
अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रममा ३३० भन्दा धेरै अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा देश बाहिर रहेका इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।  उनले अभिकर्ताहरुको क्षमता विकासका लागि कम्पनीले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण दिने कार्यक्रम राखेको बताए । कार्यक्रमले बीमा क्षेत्रमा भएका नविनतम प्रयोगसँग साक्षात्कार गराउन, क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 

कार्यक्रमका भारतको मुम्बइबाट आएका जीवन बीमाका प्रशिक्षक एवं अभिकर्ता विजयकुमार झाले प्रशिक्षण दिएका थिए । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस