एनआइसी एशिया बैंकले जित्यो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’

एनआइसी एशिया बैंकले जित्यो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स  २०२३’

बैंक खबर । डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवामा उत्कृष्ट हुँदै एनआइसी एशिया बैंकले ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको छ । मुलुकको बैंकिङ क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको छ । 

अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट सम्मानित भएको हो ।    

बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाई साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । 

ग्राहकमाझ डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक तथा मर्चेन्टहरुमा पु-याउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६६६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस