एनआईसी एशियाले ल्यायो फण्ड ट्रान्सफर गर्दा मोबाइल जित्ने अफर
बैंक खबर । डिजिटल बैंकिङ्मा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकहरुका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
भदौ १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गगरिने बैंकले जनाएको छ । उक्त विजेताको जानकारी एन आई सी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ ।
फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ सेवा (MoBank) एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आईपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये २४ लाखभन्दा बढिले MoBank एप प्रयोग गरिरहेबम छन् । यस्तै मोवाइल बैकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रति दिन प्रति कारोबार ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ सञ्जाल विस्तार गरेको छ ।
All financial information at your fingertips.