सानिमा बैंकका ग्राहकलाई दराजको ‘दराज मन्थ्ली पे डे योजना’ मा विशेष छुट
बैंक खबर । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज मन्थली पेडे योजना’अन्तर्गत विशेष छुट दिने भएको छ। सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा २०८० भदौ देखि २०८१ साउन सम्म हरेक महिनाको ७ गते विशेष छुट हुनेछ। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ।
क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। छुट प्राप्त गर्न ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गर्नुपर्छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन्।
All financial information at your fingertips.