आरविवि सेक्युरिटिजले पायो धितोपत्र व्यवसाय गर्ने अनुमति
बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवि.सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ ।
२० करोड रुपैयाँ चुक्तापँुजी रहेको सेक्युरिटिजले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्नेछ । हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पँुजी बजारको सेवा लिन सकिने विश्वास बैंकले गरेको छ ।
यसअघि बैंकले मर्चेन्ट बैंकिङसम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङको सेवा प्रदान गरिरहेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।
All financial information at your gingertips.