सिटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टलमा छुट

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाण्डौको कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलमा विशेष छुट पाउने भएका छन् । 

छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउनेछन् । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । 

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 
सिटिजन्स बैंकले देशैभर फैलिएका आफ्ना १८८ शाखा, १४७ एटीएम, ३ विस्तारित काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट  बैंकङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस