राष्ट्रिय वाणिज्य बैंकमा विदेशबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

राष्ट्रिय वाणिज्य बैंकमा विदेशबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

बैंक खबर । उत्कृष्ठ बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङमार्फत नयाँ नयाँ सुविधाहरु दिँदै आइरहेको छ । र्बैंकले आफ्नो वेवसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पोर्टलमा रहेको ‘आरबीबी रिक्वेस्ट रेमिट’बाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फलगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने सुविधा सुरु गरेको छ । 

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ र ट्रान्सफर प्रयोग गरी बैंकको ‘आरबीबी रिक्वेस्ट रेमिट’ पोेर्टलको ‘सेन्ड रेमिट’मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टलमार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट, मोवाइल बैंकिङ, तथा इन्टरनेट बैंकिङमाध्यमबाट बिना झन्झट रकम पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन् । 

बैंकको हाल देशभर ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड, पस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङ सेवा सञ्चालन गरिरहेको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस