एनआईसी एशियाले कमायो ४ अर्ब ६५ करोड, ईपीएस ४० रुपैयाँ २२ पैसा, 

एनआईसी एशियाले कमायो ४ अर्ब ६५ करोड, ईपीएस ४० रुपैयाँ २२ पैसा, 

बैंक खबर । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा १०.३५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको देखिन्छ । 

ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ११ अर्ब २८ करोड ९६ लाख रुपैयाँ थियो ।

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफ पानि १४.४५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ६ अर्ब ८२ करोड २७ लाख रुपैयाँ पुगेको छ । 

निक्षेप तथा लगानी
बैंकको निक्षेप ७.४० प्रतिशतले बढेर ३ खर्ब ११ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर केही कम छ । एक वर्षमा बैंकको कर्जा लगानी ३.८२ प्रतिशतले बढेर २ खर्ब ६२ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप २ खर्ब ८९ अर्ब ९० करोड ३९ लाख रुपैयाँ थियो भने कर्जा लगानी २ खर्ब ५२ अर्ब ४४ करोड ८४ लाख रुपैयाँ थियो । 

जगेडा कोष
११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ रहेको छ । 

सूचकहरु
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७७ पैसा बढेर ४० रुपैयाँ २२ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४५ पैसा थियो ।

यस्तै, बैंकको मूल्य आम्दानी अनुपात १९.७४ गुणा, प्रतिशेयर नेटवर्थ २५६ रुपैयाँ ४१ पैसा र कस्ट अफ फण्ड ७.६७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ०.५३ प्रतिशतबाट बढेर ०.८० प्रतिशत पुगेको छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.९३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४२ करोड ७० लाख ७४ हजार रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ३१ रुपैयाँ ९९ पैसा छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस