सेयरबजार दुई हजार नजिक 

सेयरबजार दुई हजार नजिक 

सेयर खबर । सेयर बजार दुई हजार विन्दु नजिक झरेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा कायम भएको छ ।

दुई अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता सेयर किनबेच भएको छ । लगानीकर्ताको सम्पत्ति साढे पाँच अर्ब रुपैयाँ घटेर ३१ खर्ब ८२ अर्बमा झरेको छ । 

कारोबार भएका २४५ कम्पनीमध्ये १३२ वटाको सेयरमूल्य घटेको छ भने १०३ वटाको बढेको छ । 

जीवन बीमा, लघुवित्त र म्युचुअल फन्ड बाहेक सबै समूह घटेका छन् । यी तीन समूहको सूचक बढेको छ । 

बुधबारको कारोबारमा गुराँस लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्तको ९.९७ र मानुषी लघुवित्तको ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै रिभर फल्स पावरको सेयर मूल्य ४.४० प्रतिशतले घटेको छ । सबैभन्दा धेरै  सूर्यज्योति लाईफ इन्स्योरेन्सको २५ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस