प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर

प्राइम कमर्सियल बैंकको कामु सीईओमा मानन्धर

बैंक खबर । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको कार्यकाल सकिएपछि सञ्चालक समितिले बुधबार महाप्रबन्धक मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । 

मानन्धरसँग बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो समय काम गरेको अनुभव छ । 

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करिअर सुरू गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रहेर पनि काम गरेका थिए । 

बैंकले अवकाश प्राप्त निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको बिदाइ पनि गरेको छ । बिदाइ कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रमान श्रेष्ठले मानन्धरले बैंकलाई नयाँ उचाइमा पुर्याएको भन्दै प्रशंसा गरेका थिए । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस