ई–सेवाबाट कुमारी सुनौलो लगानी योजनामा भुक्तानी गर्न सकिने
बैंक खबर । भुक्तानी सेवा प्रदायक ई–सेवाबाट ‘कुमारी सुनौलो लगानी योजना’को भुक्तानी गर्न सकिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कुमारी क्यापिटलको म्युचुअल फण्डको वेबसाइटमा गई ई–सेवामार्फत भुक्तानी गर्न सकिने छ ।
ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायत करीब २५ सय मर्चेन्ट तथा सेवासुविधाको भुक्तानी गर्न सकिने छ ।
All financial information at your fingertips.