नयाँ आर्थिक वर्षको पहिलो दिन नै आन्तरिक ऋण उठाउँदै सरकार

बैंक खबर । सरकारले नयाँ आर्थिक वर्षको पहिलो दिन नै १७ अर्ब ७० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । पुरानो ट्रेजरी बिल नवीकरण गर्नका लागि सो ऋण उठाउन लागेको हो । अर्थात यसअघि जारी भएका २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल नवीकरण गरिनेछ ।
राष्ट्र बैंकले २८ दिन अवधिको १० अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न बोलकबोल खुला गरिएको जनाएको छ ।
बोलकबोल साउन १ गते सोमबार दिउँसो ३ बजेभित्र हुने छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागि हुन सक्नेछन् । यी ट्रेजरी बिल साउन २ गतेदेखि जारी हुनेछ ।
All financial information at your fingertips.