लुम्बिनी विकास बैंकले गर्यो कीर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान
बैंक खबर । लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले बैंकको लोगो अंकित ब्यानर सगरमाथामा पुर्याएका थिए ।
शुक्रबार आयोजित सम्मान कार्यक्रममा बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले पर्वतारोही शेर्पा दुई दशकदेखि बैंकसँग निरन्तर सहयात्रामा रहेको बताउँदै उनको साहसिक कार्यले बैंकलाई गौरवान्वित बनाएको बताए ।
All financial information at your fingertips.