प्राइम बैंक र फोनपेको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम

प्राइम बैंक र फोनपेको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम

बैंक खबर । दोलखाको जिरी नगरपालिकामा विद्युतीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । प्राइम कमर्सियल बैंक र फोनपेकोे सहकार्यमा कार्यक्रम’ गरिएको बैंकले जनाएको छ । डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबार सुरक्षित गर्ने उद्देश्यले केही दिनअघि उक्त कार्यक्रम गरिएको जनाएको छ । 

वित्तीय कारोबारमा डिजिटल ठगीबाट बच्न र अन्य सुरक्षाको उपाय अवलम्बन गर्न कार्यक्रमले सहयोग पुर्याएको विश्वास गरिएको छ । 

कार्यक्रममा बैंकको मोबाइल बैंकिङ एपमा भएको क्युआर पेमेन्ट, फोनपे डाइरेक्ट जस्ता सुविधाको विषयमा बैंकका महाप्रबन्धक अमृतचरण श्रेष्ठले जानकारी दिएका थिए । त्यस्तै फोनपेमार्फत गरिने कारोबार, अन्तर–बैंक कारोबार लगायत विषयमा फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले प्रस्तुति दिएका थिए । 

कार्यक्रममा विद्यार्थी, शिक्षक, जिरी नगरपालिकाका कर्मचारी र सर्वसाधारण सहभागी थिए ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस