नबिल बैंक र ई–सेवाबीच रेमिट्यानस भुक्तानी सम्झौता
बैंक खबर । नबिल बैंक र रेमिट्यान्स कम्पनी ई–सेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ई–सेवामार्फत पठाएको रेमिट्यान्स नबिल बैंकका जुनसुकै शाखाबाट भुक्तानी लिन सकिनेछ ।
सम्झौता बमोजिम विदेशमा रहेका नेपालीले सीधै नबिल बैंकको खातामा पनि पैसा पठाउन सक्नेछन् ।
All financial information at your fingertips.