ट्रेड टावरको आईपीओ बाँडफाँट

ट्रेड टावरको आईपीओ बाँडफाँट

२०८२ असार १ गते आइतबार । 

बैंकको खबर । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। होटल क्रिष्टल, गौशाला, काठमाडौँमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।

जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित दरका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । 

२० लाख ७४ हजार २८५ जना सर्वसाधारण लगानीकर्ताले कुल २ करोड ४१ लाख १७ हजार ४८० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएको थियो । 

स्वीकृत मध्ये सेयर बाँडफाँट हुँदा ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट भएको छ ।


शेयर गर्नुहोस