बैंकिङ क्षेत्र सुधारका लागि राष्ट्र बैंकले गठन गर्यो कार्यदल

२०८२ जेठ ३१ गते शनिबार ।
बैंकको खबर । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न भन्दै नेपाल राष्ट्र बैंकले कार्यदल गठन गरकेो छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा, पूर्वबैंकर भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी तीन सदस्यीय “बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल” गठन गरेको राष्ट्र बैंकले जनाएको छ ।
कार्यदलको समयावधि एक महिनाको रहने गरी देहायका विषयमा सुझाव दिन जिम्मेवारी प्रदान
गरिएको छः ।
- बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा ।
- आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
- ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
- बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका (merger and post merger) समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
- नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा ।
- पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा ।