राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १० स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १० स्थानमा शाखा विस्तार

२०८२ जेठ २७ गते मंगलबार । 

बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशका विभिन्न १० स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । 

धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्ला स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी, कैलाली जिल्ला स्थित शाखा कार्यालय टिकापुर र  सुख्खड, काठमाडौं जिल्ला स्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्ला स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्ला स्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्ला स्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्ला स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । 

यि शाखा स्थापना भएपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ ।  साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर छन् । 
 


शेयर गर्नुहोस