ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल मार्कोपोलोमा छुट

ज्योति विकास बैंकका ग्राहकहरुलाई होटल मार्कोपोलोमा छुट

२०८२ जेठ २७ गते मंगबलार ।

बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तिसार स्थित होटल मार्कोपोलोमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त होटलमा खाना तथा रूम चार्जमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।


शेयर गर्नुहोस