हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८२ जेठ २७ गते मंगलबार । 

बीमा खबर । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (जेठ २७ गते) अन्तिम दिन रहेको छ। 

इन्स्योरेन्सले आगामी असार १० गते बस्ने साधारणसभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि जेठ २७ गते (भोली० सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । त्यसैलदे आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 

इन्स्योरेन्सले असार १० गते, काठमाडौंको भाटभटेनी स्थित आम्रपाली ब्यांकेटमा आठौँ वार्षिक साधारणसभा बोलाएको छ । 

इन्स्योरेन्सको सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । 


शेयर गर्नुहोस