ऋण मिलाइदिने भन्दै घुस लिने नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ जेठ २६ गते सोमबार ।
बैंकको खबर । नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीले ऋण मिलाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने गरेको पाइएपछि आयोगले उनीविरुद्ध विशेष अदालतमा तीन वटा मुद्दा दायर गरेको हो ।
अधिकारीले भुसाल हस्पिटालिटी अन्तर्गतको ¥याडिसन प्रोजेक्ट, हिमाल तराई कन्सन्ट्रक्सन र अकलादेवी टे«र्डसको नाममा ऋण उपलब्ध गराउन प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेका थिए । ¥याडिसन प्रोजेक्ट अन्र्तगतको एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ऋण प्रवाहमा भएको अनिमिततामा पाँच जना, हिमाल तराई कन्सट्रक्सन कम्पनीको नाममा छ करोड रुपैयाँ ऋण प्रवाह हुँदा भएको अनियमितता प्रकरणमा दुई जना र अकलादेवी टेर्डसको नाममा प्रवाह भएको २५ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आधारमा छ जना विरुद्ध आरोपत्र दायर भएको हो ।
अधिकारी सहितका यि व्यक्तिहरुले रुपन्देही जिल्ला सिद्धार्थनगर–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको ¥याडिशन प्रोजेक्टको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी १९ लाख रुपैयाँ घुस लिएका थिए ।
यस्तै, अधिकारी सहित छ जना विरुद्ध अकला देबी ट्रेडर्शलाई ऋण उपलब्ध गराउन सहजिकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार सम्बन्धी अर्को मुद्दा पनि दायर भएको छ । अधिकारीले जिल्ला तनहुँ आबुँखेरेनी–१ मा रहेको अकला देबी ट्रेडर्शको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनेर ५० लाख घुस लिएको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो ।
अधिकारीले हिमाल तराई कन्सट्रक्सन कम्पनीसँग पनि ऋण मिलाइदिने भन्दै पाँच लाख रुपैयाँ घुस लिएका थिए । अधिकारीले हिमाल तराई कन्सट्रक्सन प्रालिसँग ऋण प्रक्रियमा सहजीकरण गर्ने भन्दै पाँच लाख रुपैयाँको चेक लिएको उजुरी परेको थियो । कन्सट्रक्सनले छ करोड रुपैयाँ ऋण लिन प्रक्रिया सुरु गरेपछि अधिकारीले घुस मागेका थिए ।