एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

२०८२ जेठ २६ गते सोमबार ।
बीमा खबर । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
जेठ २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।