नेप्से ११.०६ अङ्कले घट्यो
२०८२ जेठ २५ गते आइतबार ।
सेयर खबर । सेयरबजार आइतबार पनि घटेको छ । कारोबार मापक नेप्से परिसूचक ११.०६ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ विन्दुमा कायम भएको छ ।
नेप्से घटेपनि कारोबार रकम भने आज बढेको छ । नौ अर्ब १३ करोड रुपैयाँ बराबरको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भएको छ ।
आज जलविद्युत् समूह १.२२ र होटल तथा व्यापार समूह ०.१२ प्रतिशतले बढेको छ । अरु सबै समूह घटेका छन् । बैंकिङ १.०५ प्रतिशत, विकास बैंक ०.०६, वित्त ०.९१, लगानी ०.०८ र जीवन बिमा समूह ०.७७ प्रतिशतले घटेको छ । यसैगरि उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७०, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा ०.९५, व्यापार ०.२३ र अन्य समूह ०.९९ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ७२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।