सेयरबजारमा दोहोरो अङंंकको गिरावट
२०८२ जेठ २१ गते बुधबार ।
सेयर खबर । सेयरबजार बुधबार पनि दोहोरो अंकले घटेको छ । कारोबार मापक नेप्से परिसूचक ११.९७ अङ्कले घटेर दुई हजार ६४६.९५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । पाँच अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँ बारबरको एक करोड ३७ लाख ८२ हजार चार सय ६८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका २४८ कम्पनीमध्ये १८१ वटाको सेयरमूल्य घट्दा बजार रातो बनेको हो । बजार घटेपनि ६६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने एक वटाको स्थिर रहेको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूह मात्रै बढेको छ भने अरु सबै समूह घटेका छन् । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच दशमलव ८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको ३६ करोड २५ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।