सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

सम्पदा लघुवित्तको सीईओमा पौडेल नियुक्त

२०८२ जेठ २१ गते बुधबार । 

बैंकको खबर । सम्पदा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा स्याङ्जाका लक्ष्मण पौडेल नियुक्त भएका छन् । 

 

लघुवित्त सञ्चालक समितिको जेठ २० गते बसेको बैठकले पौडेललाई जेठ २२ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । 

निवर्तमान सीईओ केशबकुमार पौडेलले वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पेस गरेको राजीनामा सञ्चालक समितिको जेठ २० गते बसेको बैठकले आज  (जेठ २१ गते)देखि लगाून हुनेगरी स्वीकृत गरेको छ । 

त्यसपछि रिक्त सीईओ पदमा लक्ष्मण पौडेललाई नियुक्त गरिएको लघुवित्तले जनाएको छ । 


शेयर गर्नुहोस