सेयरबजार ३५.७३ अंकले घट्यो

सेयरबजार ३५.७३ अंकले घट्यो

२०८२ जेठ २० गते मंगलबार

सेयर खबर । सेयरबजारमा मंगलबार ३५.७३ अंकको गिरावट भएको छ । कारोबार मापक नेप्से परिसूचक २६५८.९३ विन्दुमा झरेको छ । 

कारोबारमा आएका २४८ कम्पनीमध्ये २१४ वटाको सेयरमूल्यमा गिरावट आएको छ । ३४ कम्पनीको सेयरमूल्य भने बढेको छ । 

६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर किनबेच भएको छ । 

 

सूचीकृत १३ वटै समूह घटेका छन् । बैंकिङ समूह सबैभन्दा धेरै २.३४ प्रतिशत घटेको छ । त्यसपछि होटल तथा पर्यटन २.१२ प्रतिशत घटेको छ । 

पियोर इनर्जीको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । त्यसपछि ओम मेगाश्री फार्मासिटिकल्सको ९.९४ प्रतिशत बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घटेको छ । 

राधि विद्युतको सेयर कारोबार सबैभन्दा धेरै ६० करोड १५ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीर्ताको सम्पत्ति ५९ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ४४ खर्ब २८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि २१ अर्ब रुपैयाँ घटेर १४ खर्ब ९२ अर्ब रुपैयाँ कायम भएको छ । 


शेयर गर्नुहोस