सुनको मूल्य तोलाको २९०० रुपैयाँ बढ्यो

२०८२ जेठ १० गते मंगलबार ।
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
आज सुनको मूल्य हिजो सोमबारको तुलनामा प्रतितोला २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एक तोला सुनको कारोबार एक लाख ९२ हजार ७०० रुपैयाँमा भइरहेको जनाएको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँ बढेको छ । चाँदीको कारोबार आज दुई हजार ४५ रुपैयाँमा भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर हाराहारीमा छ ।