राष्ट्रपतिलाई अर्थमन्त्रीले गरे बजेटबारे ब्रिफिङ

२०८२ जेठ १३ गते मंगलबार ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ ।