सेयरबजार १९ अंकले बढ्यो, वाणिज्य बैंक समूहमा चमक

सेयरबजार १९ अंकले बढ्यो, वाणिज्य बैंक समूहमा चमक

२०८२ जेठ ८ गते बिहीबार । 

सेयर खबर । सेयर बजारमा आज (बिहीबार) सकारात्मक माहोल देखिएको छ । कारोबार मापक नेप्से सूचक १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका २४७ कम्पनीमध्ये १०४ वटाको सेयरमूल्य बढ्दा नेप्से परिसूचक हरियो बनेको हो । बाँकीमध्ये १४२ कम्पनीको सेयरमूल्य बिहीबार पनि घटेको छ । सयपत्री हाइड्रोपावरको सेयरमूल्य भने स्थिर रहेको छ । 

आज ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच भएको छ । 

सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूह बढेका छन भने ९ वटा घटेका छन् । वाणिज्य बैंक (बैंकिङ) समूह ३.८२ प्रतिशत, लघुवित्त २.५८ प्रतिशत, निर्जीवन बीमा ०.४८ अंक र म्युचुअल फन्ड ०.०६ प्रतिशत बढेको छ । 

सबैभन्दा धेरै होटल तथा पर्यटन समूह २.६० प्रतिशत घटेको छ । त्यसपछि जलविद्युत १.१०, ब्यापार ०.८१, फाइनान्स ०.४६, लगानी ०.३९, उत्पादन तथा प्रशोधन ०.३८, विकास बैंक ०.२३, जीवन बीमा ०.१५ र अन्य ०.१३ प्रतिशत घटेको छ । 

वाणिज्य बैंक समूहमा आएको वृद्धिको कारण बिहीबारको सेयरबजारमा सकारात्मक माहोल देखिएको हो । यसदिन पनि ओम मेगाश्री फार्मासिटिकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, बाराही हाइड्रो पावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै, 

आज ङादि ग्रुप पावरको सेयर कारोबार सबैभन्दा धेरै ६९ करोड रुपैयाँ बढीको भएको छ । त्यसपछि राधि विद्युतको ६० करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फको बजार पुँजीकरण पनि १५ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । 


शेयर गर्नुहोस