नेपाल इन्स्योरेन्सलाई ४० प्रतिशत हकप्रद जारी गर्न बोर्डले दियो स्वीकृती

२०८२ जेठ ८ गते बिहीबार ।
बीमा खबर । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रदा सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले इन्स्योरेन्सलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सयर निष्काशन गर्न स्वीकृती दिएको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ । इन्स्योरेन्सले अब चुक्ता पुँजीको ४० प्रतिशत (६५ लाख ७६ हजार ९३७ कित्ता) हकप्रद सेयर जारी गर्नेछ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन पर्ने व्यवस्था गरेको छ । सो वयवस्था अनुसारको चुक्ता पुँजी पु¥याउन बोर्डले इन्स्योरेन्सलाई हकप्रदा जारी गर्ने अनुमति दिएको हो ।
हकप्रद सेयर बिक्री भएपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।