हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८२ जेठ ८ गते बिहीबार । 

बीमा खबर । हिमालयन रि इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (जेठ ८ गते बिहीबार) अन्तिम दिन रहेको छ। 

इन्स्योरेन्सले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्दैछ। शुक्रबार र सनिबार दोस्रो बजारमा कारोबार नहुने भएकाले आजसम्म सेयर कारोबार भई कायम सेयधनीहरुले कम्पनीको साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले जेठ २५ गते, आइतबार, काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चौथो वार्षिक साधारणसभा डाकेको छ।

साधारणसभाले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 


शेयर गर्नुहोस