हायर पर्चेज कम्पनीहरुले विद्युतीय सवारीमा ६० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने

हायर पर्चेज कम्पनीहरुले विद्युतीय सवारीमा ६० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने

२०८२ वैशाख १६ गते मंगलबार । 

बैंकको खबर । हायर पर्चेज कम्पनीहरुले पनि अब सबै प्रयोजनका विद्युतीय सवारी साधन र पेट्रोल र डिजेलबाट चल्ने निजी प्रयोजनका व्यक्तिगत सवारी साधनमा ऋण मूल्यको ६० प्रतिशतसम्म ऋण दिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सोमबार ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०’को पाँचौं संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘हायर पर्चेज कम्पनीले सवारी खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको ऋण मूल्यको अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘सबै प्रयोजनका विद्युतीय सवारी र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीका लागि यो व्यवस्था लागु हुनेछ ।’


शेयर गर्नुहोस