वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनियता बढाउन प्रतिवद्ध छौँ : राष्ट्र बैंक

वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनियता बढाउन प्रतिवद्ध छौँ : राष्ट्र बैंक

२०८२ वैशाख १४ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सँधै समर्पित रहने प्रतिवद्धता जनाएको छ । राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सवको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै का.मु. गभर्नर डा. निलम ढुङ्गानाले यस्तो बताएकी हुन् । 

मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिवद्धता शुभकामना सन्देशमार्फत व्यक्त गरिएको छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस