आजदेखि बजेट अधिवेशन

२०८२ वैशाख १२ गते शुक्रबार ।
बैंकको खबर । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि आरम्भ हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज अपरान्ह १ बजेका लागि बोलाइएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।
संसद् सचिवालयको कार्यसूचीअनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन्।
यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन पनि गर्नेछन् ।