तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही

तीन विकास बैंक र दुई फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले गर्यो कारबाही

२०८२ वैशाख ११ गते बिहीबार । 

बैंकको खबर । नियम विपरित कायम गर्ने तीन वटा विकास बैंक र दुई वटा फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्सलाई राष्ट्र बैंकले कारबाही गरेको हो । 

मुक्तिनाथ विकास बैंकका तत्कालिन सञ्चालक समिति अध्यक्ष भरतराज ढकाललाई संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजकका हैसियतले सहभागी भएको पाइएको भन्दै कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा समावेस हुन नपाउने व्यवस्था छ । सो व्यवस्था उल्लङ्घन गरेकाले सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।  
 

नारायणी डेभलपमेन्ट बैंकले पनि नियामकीय निर्देशन उल्लङ्घन गर्ने कार्य बन्द गर्न सञ्चालक समितिलाई राष्ट्र बैंकले लिखित आदेश गरिएको जनाएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त सूचीबाट हटाउँदा तोकिएको चुक्तापुँजी पु¥याउन र  प्राथमिक पुँजीको बढीमा १० प्रतिशत मात्रै एकलकर्जा कायम गर्न निर्देशन दिएकोमा सो पालना नभएपछि राष्ट्र बैंकले निर्देशन नै जारी गरेको जनाएको छ । 

सालपा विकास बैंकले पनि तोकिएको न्यूनतम चुक्तापुँजी पु¥याउन नसकेको र यसअघिका निर्देशनहरु कार्यान्वयन नगरेको पाइएपछि सञ्चालक समितिलाई नसिहत दिएको छ । 

पोखरा फाइनानसका प्रमुख कार्यकारी अधिकृत पूर्वसीईओ रविचन्द्र गुरुङले पनि आफ्नो जिम्मेवारी पुरा नगरेको र स्पष्टिकरण चित्तबुझ्दो नदिएको भन्दै ऐनअनुसार ५ लाख रुपैयाँ जरीवाना गरेको छ । यस्तै फाइनान्सको निष्क्रिय कर्जा ३३÷३४ प्रतिशत पुगेको र न्यूनतम पुँजीकोस समेत कायम नगरेको भन्दै ६ महिनाभित्र कायम गर्न निर्देशन दिएको छ । 

यसैगरी, जानकी फाइनान्स लिमिटेडलाई पनि न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शिघ्र सुधारात्मक कारबाही गरेको छ ।


शेयर गर्नुहोस