जेष्ठ नागरिकलाई सबैको बचत तथा ऋण सहकारीको सम्मान

जेष्ठ नागरिकलाई सबैको बचत तथा ऋण सहकारीको सम्मान

२०८१ वैशाख १० गते बुधबार । 

बैंकको खबर । सबैको बचत तथा ऋण सहकारी संस्थाको चौथो एकीकरण दिवसकोको अवसर पारेर ७५ वर्ष माथीका जेष्ठ सदस्यहरुलाई भ्रमण तथा सम्मान गरेको छ । यस्तै मानव सेवा आश्रम मोक्षधाममा अक्षय कोष स्थापनार्थ २५ हजार रुपैयाँ सहयोग पनि गरेको छ । 

संस्थामा कृयाशिल ७५ वर्ष पुरा भएका सदस्यहरुलाई केवलकारबाट पाल्पाको बसन्तपूर भ्रमण गराइएकोे सहकारीले जनाएको छ ।

संस्था र समाजमा लामो योगदान दिएका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको सहकारीका अध्यक्ष्ँ भरतराज भुसालले जानकारी दिए । उलने भने, ‘यस बर्ष ७५ बर्ष पार भएका १३ जना मध्ये १० सदस्यहरु भ्रमण तथा सम्मान कार्यक्रममा सहभागि हुनु भएको थियो । ’

संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता तथा संस्थाका बरिष्ठ सदस्य प्राध्यापक डाक्टर श्री गणेश पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ सदस्यहरुलाई संस्थाका सल्लाहकारहरु प्रा.डा. रामचन्द्र आचार्य, रामचन्द्र ढकाल, प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपाल, राजेन्द्र सुवेदी, गायत्री पाण्डेयले दोसल्ला, रुद्राक्ष माला र कदर पत्र सहित सम्मान गरेका थिए । 

अध्यक्ष भूसालले जेष्ठ सदस्यहरु लामो अनुभव, ज्ञान र ब्यवहारको संग्रहहरु हुन, उनिहरुको ज्ञान र अनुभवले समाजलाई अग्रगति दिन निर्देशित गर्ने हुदा उनिहरुको सम्मान आवश्यक रहेकोले संस्थाले एकीकरण दिवसको सन्दर्भमा हरेक बर्ष जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने गरेको बताए । 

प्रमुख अतिथि प्रा. डा. गणेश पाठकले जेष्ठ सदस्यहरु परिवारको असल परम्परा र संस्कारका प्रवद्र्धक भएकाले उनिहरुको सम्मान गर्ने कार्य छाड्न नहुने बताए । सल्लाहकार रामचन्द्र ढकालले संयुक्त परिवारमा हजुरबा हजुरआमाले नाति नातिनीहरुलाई समाज, संस्कृति र परम्पराको ज्ञान हस्तान्तरण गर्ने हुँदा संस्कृति र परम्पराको जगेर्ना गर्न पनि पाको पुस्ताको सम्मान र उनिहरु संगै रहने बवतावरण आवश्यक रहेको बताए । 

सम्मानित जेष्ठ सदस्यहरुले सहकारीले पाको पुस्तालाई सम्मानित गरेर आफुहरुलाई उत्साहित गराएको बताए । 

संस्थाका सचिव देवानन्द पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं भ्रमण कार्यक्रम संयोजक चुरामणि पाण्डेयले सहभागि सबैलाई धन्यवाद ज्ञापन गरे । 


शेयर गर्नुहोस