आकर्षक अफरसहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’
बैंक खबर । नबिल बैंकले नबिल ढुक्क बचत खाता ल्याएको छ । उच्चतम ब्याजदर र तीनवटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको बैंकले जनाएको छ ।
यो बचत खाता खोल्ने ग्राहकले औषधि उपचार बीमाबापत एक लाख रुपैयाँ, दुर्घटना बीमाबापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमाबापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न सक्नेछन् ।
यस खातामा बैंकले फोन लोनको समेत सुविधा दिएको जनाएको छ । यस्तै लकर सेवामा पहिलो वर्ष निःशुल्क र दोस्रो वर्ष ५० प्रतिशत छुटसमेत दिनेछ ।
खातामा निःशुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट तथा मेरो सेयरको सुविधा पाउन सकिने बैंकले जनाएको छ । यस्तै एक महिनामा पाँचपटकसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने सुविधा पनि दिएको छ ।
All financial information at your fingertips.