चीनले सुरु गर्यो विश्वको पहिलो '१०जी' ब्रोडब्यान्ड नेटवर्क

चीनले सुरु गर्यो विश्वको पहिलो '१०जी' ब्रोडब्यान्ड नेटवर्क

२०८२ वैशाख १० गते बुधबार । 

अन्तर्राष्ट्रिय । चीनले '१०जी' ब्रेडब्यान्ड नेटवर्क सुरु गरेको छ । हेबेई प्रान्तको सुनान काउन्टीमा यही अप्रिल २० देखि यो नेटवर्कको सुचारु गरेको हो । यहाँ जीले गेगाबाइटलाई जनाउँछ । यो नेटवर्कको सुरुवात हुवावे र चाइना युनिकमले संयुक्तरुपमा गरेका हुन् ।

यो विश्वको पहिलो व्यावसायिक वायर्ड ब्रोब्यान्ड नेटवर्क हो जसले प्रतिसेकेन्ड १० गेगाबाइटसम्मको गति प्रदान गर्दछ । 

यो '५जी' वा '६जी' जस्ता वायरलेस मोबाइल नेटवर्कहरुजस्तो होइन । यसले उन्नत फाइबारअप्टिकल प्रविधि '५०जी' प्यासिभ अप्टिकल नेटवर्क प्रयोग गर्दछ । 

यसले ३ मिलिसेकेन्ड लेटन्सीसहित ९,८३४ एमबीपीएसको डाउनलोड गति र १,००८ एमबीपीएसको अपलोड गति प्रदान गर्दछ । 


शेयर गर्नुहोस