गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

२०८२ वैशाख ९ गते मंगलबार । 

बैेंकको खबर । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफरिस समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । 

सरकारले गत चैत ११ गते गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री डा. विश्व पौडेल थिए । 

सिफारिस समिति गठन गरिएपनि अर्थमन्त्रीले बैठक नडाकेपछि भट्टराईले राजीनामा दिएका हुन् । 

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते नै सकिएको छ । सरकारले सो मितिभन्दा एक महिना पहिले नै नयाँ गभर्नर नियुक्त गर्नुृपर्नेमा ढिलोगरी सिफरिस समिति गठन गरेको थियो ।


शेयर गर्नुहोस