नेपाल बैंकका सञ्चालक समिति सदस्य डा. चन्द्रबहादुर अधिकारी पदमुक्त
२०८२ वैशाख ९ गते मंगलबार ।
बैंकको खबर । नेपाल बैंकका सञ्चालक समिति सदस्य डा. चन्द्रबहादुर अधिकारी पदमुक्त भएका छन् । ऋण मिलाइदिन्छु भन्दै घुस लिएको पुष्टि भएपछि राष्ट्र बैंकको कारबाहीमा परेका अधिकारी बैंक सञ्चालक समितिको सदस्यबाट पनि पदमुक्त भएका हुन् ।
राष्ट्र बैंकले अधिकारीलाई पाँच लाख रुपैयाँ जरिवाना सहित कारबाही गर्ने निर्णय गर्दैै नेपाल बैंकमा पत्राचार गरेको थियो । पत्र प्राप्त भएसँगै बैंकले अधिकारीलाई सञ्चालक समिति सदस्यबाट पदमुक्त गरेको हो ।
अधिकारी २०८० असोज पहिलो साता नेपाल बैंकको सञ्चालक समिति सदस्य बनेका थिए । नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष रहेका अधिकारीलाई सो पदबाट यसअघि नै हटाइएको थियो ।
बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका अधिकारी यसअघि चारवर्षसम्म कृषि विकास बैंकको सञ्चालक थिए ।