भारतमा १० वर्ष माथिका बालबालिका आफैले बैंक खाता सञ्चालन गर्न सक्ने

भारतमा १० वर्ष माथिका बालबालिका आफैले बैंक खाता सञ्चालन गर्न सक्ने

२०८२ वैशाख ९ गते मंगलबार । 

बैंकको खबर । 

अन्तर्राष्ट्रिय । भारतमा अब १० वर्षभन्दा माथिका बालबालिकाले आफैले बचत वा मुद्दती निक्षेप खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् । यसका लागि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले बैंकहरुलाई अनुमति दिएको छ । 

आरबीआईले बैंकहरूलाई जुलाई १, २०२५ सम्ममा यी नयाँ नियमहरू अनुसार आफ्ना नीतिहरू तयार गर्न वा विद्यमान नियमहरूमा परिवर्तन गर्न भनेको छ । अहिलेसम्म, कुनै पनि उमेरका बालबालिकाले आफ्ना आमाबाबु वा कानुनी अभिभावकमार्फत बचत वा मुद्दती निक्षेप खाता खोल्न सक्थे, र त्यो खाता उनीहरुका अभिभावकहरुले मात्रै सञ्चालन गर्न पाउँथे । 

बालबालिकाहरुलाई आफ्नो खाता आफै सञ्चालन गर्न दिन बैंकहरुले नियमअनुसार सीमा तोक्नेछन । जस्तै, कति पैसा जम्मा गर्न वा झिक्न सकिन्छ । एक पटकमा कति पैसा निकाल्न सकिन्छ जस्ता विषयमा बैंकहरुले नियम बनाउन सक्छन् । 

बैंकहरूले बालबालिकालाई इन्टरनेट बैंकिङ, एटीएम÷डेबिट कार्ड र चेक बुक जस्ता सुविधाहरू प्रदान गर्न सक्छन् । तर यो उनीहरूको जोखिममा निर्भर गर्नेछ ।

बच्चा १८ वर्षको भएपछि, बैंकले उसबाट नयाँ हस्ताक्षर लिनुपर्नेछ । यदि खाता अभिभावकद्वारा सञ्चालित थियो भने, ब्यालेन्स पुष्टि हुनेछ । यसबाहेक, खाता धारकहरूलाई नयाँ नियमहरूको बारेमा पनि जानकारी गराउनुपर्नेछ । 


शेयर गर्नुहोस